समाज

भवितव्य घटनामा परी ताप्लेजुङमा चालु आवमा ३१ जनाको मृत्यु

ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार चालु आवमा २६ पुरुष, ३ बालक र २ महिलाको मत्यु भएको हो।

लडेर, ढुङ्गाले लागेर वा पहिरोमा परेर, डुबेर, करेन्ट लागेर, चट्याङ लागेर र अन्य मृत अवस्थामा भेटिएको घटनालाई भवितव्य सूचीमा राखिएको छ। प्रहरी निरीक्षक लुंगेलीका अनुसार भवितव्यमध्ये सबैभन्दा धेरै १३ जनाको लडेर मृत्यु भएको छ।

लडेर ११ पुरुष र २ बालकले ज्यान गुमाएका छन्।  यस्तै ढुंगाले लागेर वा पहिरोमा परी ६ पुरुष र एकजना महिला गरी सातजनाले ज्यान गुमाएका छन्।

४ पुरुष र १ महिला गरी ५ जना मृत अवस्थामा भेटिएका छन्। ३ पुरुष र १ बालक गरी चारजनाको डुबेर मृत्यु भयो भने चट्याङ लागेर र करेन्ट लागेर १–१ पुरुष गरी दुईजनाले ज्यान गुमाएका छन्।

प्रकाशित: २५ फाल्गुन २०८० १४:२४ शुक्रबार

भवितव्य घटना ३१ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ