समाज

गर्भवतीकी सहारा

मनभित्रैबाट सेवा गर्ने सोच भयो भने कुनै बाधाले रोक्दैन भन्ने कुराको उदाहरण हुन्–डोटी खिरसैन स्वास्थ्यचौकीकी परिचारिका २७ वर्षीय दीपिका धामी। डोटी पूर्वचौकी–४ सानागाउँ स्वास्थ्यचौकीमा कार्यरत धामीले सात वर्षदेखि दुर्गममै रहेर मातृशिशु स्वास्थ्यको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन्।

दुर्गमका आमाहरू भनेको बेला अस्पताल पुग्न सक्दैनन्, सुगमका डाक्टर दुर्गममा धेरै समय बस्दैनन्। यी दुवैकी विकल्प हुन् स्वास्थ्य परिचारिका धामी। उनी आफैं अल्ट्राउन्ड मेसिन बोकेर गाउँगाउँ पुग्छिन् र गर्भवती महिलालाई घरमै सेवा दिन्छिन्।

२०७६ सालमा ग्रामीण अल्ट्रासाउन्ड तालिम लिएपछि धामीले गाउँगाउँमा पुगेर गर्भको शिशुको स्वास्थ्य जाँच गर्न थालेकी हुन्। भविष्यमा दुर्गम गाउँमै रहेर स्वास्थ्यसेवा प्रदान गर्ने लक्ष्य लिएको धामीले सुनाइन्। ‘मेरो घर डोटी नै हो। दुर्गमको स्वास्थ्य अवस्था कमजोर छ। यहीं सेवा गर्नेछु,’ उनले भनिन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० १२:४८ शुक्रबार

गर्भवतीकी सहारा