‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित आज ११४औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालसहित विश्वभरि मनाइँदैछ। महिलाहरूको हकअधिकारका विभिन्न विषय उठान हुँदै सुरु भएको आन्दोलनले सन् १९०९ मार्च ८ सम्म आइपुग्दा महिलाहरूले आर्थिक तथा सामाजिकसहितका अधिकार प्राप्त गरेका थिए। त्यसकै स्मरणमा सन् १९११ देखि मात्र मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउन सुरु गरिएको हो।
सन् १९०७ मा जर्मनीको स्टुटगार्टमा सम्पन्न समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले मार्च ८ लाई दिवस मनाउन जर्मन नेत्री क्लारा जेट्किनले प्रस्ताव गरेकी थिइन्। १५ देशका ५६ महिला प्रतिनिधि सहभागी सम्मेलनले
लिङ्गका आधारमा भेदभाव नगरी सबै क्षेत्रमा समान अधिकार प्रदान गरिनुपर्ने प्रस्ताव पारित गरेको थियो।
सन् १९०८ देखि न्युयोर्कमा महिला मजदुरहरूले आफ्नो हकअधिकारको कुरा उठाउँदै आन्दोलनलाई सशक्त बनाएको थियो। त्यसको प्रभाव नेपाली समाजमा धेरैपछि मात्र पर्यो।
मुलुकको आर्थिक, राजनीतिक र सामाजिक आन्दोलनमा नेपाली महिलाहरूले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन्। तर, संवैधानिकरूपमा अधिकार र समानता भने २०४६ मा भएको आन्दोलनपछि मात्र सुरु भयो। प्रजातन्त्र पुन:स्थापनासँगै आएको खुलापन र महिला अधिकारको उपभोग ४० को दशकमा जन्मेका पुस्ताले गर्दै आएका छन्। संवैधानिक व्यवस्था र ४० को दशकमा जन्मेका पुस्तामा बढेको चेतनाको स्तरले राजनीति मात्र होइन, राज्यका हरक्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ।
नेपालमा प्रजातन्त्रप्राप्तिको त्यही दशकमा जन्मेको पुस्ता अहिले विभिन्न क्षेत्रको अगुवाइ गर्दै आएका छन्। यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नागरिक दैनिकले आआफ्ना क्षेत्रमा महŒवपूर्ण योगदान गरेकामध्ये केही प्रतिनिधि युवा महिलाको संक्षिप्त परिचय प्रस्तुत गरेका छौं।
२०६२/६३ सालको आन्दोलपछि नेपालमा संवैधानिक रूपमा महिला अधिकार स्थापित भएको तर व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन नसकेको सांसद बिन्दा पाण्डे बताउँछिन्। उनका अनुसार अंशमा छोरीलाई पनि छोरासरह अधिकार दिने, प्रजनन स्वास्थ्य अधिकार, राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार सुनिश्चत भएको छ। महिला हिंसाविरुद्धको अधिकार कानुनी रूपमा व्यवस्था भइसकेको छ। नागरिकतासम्बन्धी कानुनबाहेक दम्पतीबिच समान अधिकारको व्यवस्था भएको छ।
नेपाली समाजमा महिला र पुरुषबाहेक फरक यौनिकता भएका जनसंंख्या उल्लेखनीय छन्। आजभन्दा ३४ वर्षअघिसम्म नेपाली समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकको स्थिति दयनीय रहेको र यस अवधिमा गति लिँदै गएको दलित क्वेयर आन्दोलनकी अभियन्ता गौरी नेपाली बताउँछिन्। यस अवधिको उपलब्धि उनीहरूको पहिचान र अधिकारको लडाइँमा सीमित भएको तर व्यावहारिक रूपमा अधिकारप्राप्त हुन नसकेको उनको भनाइ छ। ‘केही यौनिक तथा लैंगिक अल्पसंख्यकहरू आर्थिक उत्पादनमा भाग लिन सुरु गरेका छन् तर वाह ! भन्ने स्तरको प्रगति भइसकेको छैन। केहीले राजनीतिमा भाग लिन थालेका छन्। तर नेतृत्व तहमा खासै छैनन्,’ नेपालीले भनिन्।
नेपाली समाज, सरकारी तह सबैले बाह्य रूपमा यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारलाई स्वीकार गरे पनि भित्रबाट स्वीकार गर्न नसकेका कारण समयअनुरूप प्रगति हासिल हुन नसकेको नेपाली बताउँछिन्। ‘भित्रबाट स्वीकार गर्न नसकेकै कारण यौनिक तथा लैगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी नीति तथा कानुन निर्माणमा ढिला भएको देखिन्छ। यो नै मुख्य चुनौती हो,’ उनले भनिन्।
नेतृत्व तहमा पुरुषवादी सोच कायमै रहनुले नेपालको संविधान तथा कानुनले व्यवस्था गरेका प्रावधान लागु हुन नसकेको पूर्वसांसद पाण्डेको ठम्याइ छ। उनी भन्छिन्, ‘संविधानको प्रगतिशील कार्यान्वयन हुनुपर्नेमा झन् साँघुरो बनेको छ। यसको कारण नेतृत्वमा कायम रुढीवादी सोच हो,’ उनले भनिन्। तर नयाँ पुस्ताका महिलाका लागि राजनीतिकदेखि हरेक तहमा नेतृत्व हुने सम्भावना भने बढ्दै गएको पाण्डे बताउँछिन्।
उनको विचारमा अहिले उच्च शिक्षामा महिलाहरूको संख्या बराबरीको हैसियतमा पुगेको, अन्तर्राष्ट्रिय विशिष्ट विषयमा छात्रवृत्ति हासिल गर्नेहरूमा पनि महिला अग्रसरता देखिएको स्थितिले महिला नेतृत्वको सम्भावना झनै बढेको देखिन्छ। शिक्षा तथा आर्थिक क्षेत्रमा समेत महिलाहरूले उपलब्धि हासिल गरेको उनी बताउँछिन्। ‘यो वर्ष पनि अक्सफोर्ड विश्वविद्यालयमा चार जना महिला छात्रवृत्तिमा छनौट भएका छन्,’ उनले भनिन्।
नयाँ पुस्ता शैक्षिक तथा अन्य सिपको क्षमतासहित आएको हुनाले राज्यको हरेक निकायमा नेतृत्वको सम्भावना बढेको पाण्डे बताउँछिन्। ‘नयाँ पुस्ता हरेक क्षेत्रमा प्रतिस्पर्धी रूपमा आएको छ,’ उनले भनिन्। तर यो पुस्तामा पनि पुरुषवादी नेपाली नेतृत्वको हस्तक्षेप हुने चुनौती कायमै रहेको उनको भनाइ छ।
१. छोटो कदकी अग्ली फुटबलर प्रीती राई
२. कत्थककी कथाकार सीता सुवेदी
३. खेलबाटै पर्यटन प्रवर्धन प्रीति खत्री
४. शास्त्रीय नृत्यकी आधुनिक गुरुमा
५. काठमाडौंलाई अग्र्यानिक खुवाउँदै निमा छोडेन रोकाया
६. सेवाकी सरिता
७.लैगिंक अल्पसंख्यककी प्रेरणापरी एन्जल लामा
८. न्यायकी मुना
९. कृत्रिम खुट्टाकी सबल प्रशासक लक्ष्मी
१०. यहाँ ब्रम्हाण्डको छ चिन्ता १ सागरिका
११. दुष्टिविहीनकी दुष्टि सुष्टि केसी
१२. सानी सचेतक बिना लामा
१३. किसानकी प्रेरणा शुशीला विष्ट
१४. १४ वर्षमै सचिव सरिता दवाडी
१५. आइटीकी आशा आस्था शर्मा
१६. भूकम्प प्रतिरोधी घरकी परिकल्पनाकार सृष्टि गुरुङ
१७. कर्णालीकी सारा आकाश सिर्जना राउत
१८. विभेदविरुद्ध सञ्जाल विद्रोह रञ्जना कामी
१९. पाउरोटीबाटै पालनपोषण रविना बुढा
२०. विकासकी विनिता
२१. दलितकी भरोसा शर्मिलाकुमारी राम
२२. बर्गरवाली विमला
२३. गर्भवतीकी साहारा दीपीका धामी
२४. विकटकी नेता सुलोचना मोक्तान
२५.भूकम्पविद् जुगमनी चौधरी
२६. कपडामा सांस्कृतिक कथा एरिना श्रेष्ठ
२७. भूमिपीडितकी प्रिय सुष्मा न्यौपाने
२८. अवसरले सक्षम उपासना पौडेल
२९. स्वयं एक्लो हजारौंको टेके मेनुका दाहाल
३०. शिक्षामा समर्पित रविना महर्जन
प्रकाशित: २५ फाल्गुन २०८० ०९:१२ शुक्रबार