समाज

पुण्य गौतम र युवराज सफल महाराजगन्जबाट पक्राउ

सामाजिक अभियन्ता बताउँने पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी दिएको छ।

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए।

टिचिङ अस्पतालले पोख्रेलको पोष्टमार्टम  रिर्पोट परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन्।

प्रकाशित: २० फाल्गुन २०८० १८:२३ आइतबार

पुण्य गौतम युवराज सफल