समाज

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हाे।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा बुधबार वाइबालाई प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट नियन्त्रणमा लिएको थियाे।

प्रकाशित: १७ फाल्गुन २०८० १७:३० बिहीबार