समाज

‘ठूला आँखाले हेर्दा दाँत झर्‍यो...’

मकवानपुरको मनहरी गाउँपालिका–६ रुपाचुरीस्थित एक विवाहमा भएको झडपमा दुई जना युवा कुटिएका छन्। दुईमध्ये एक जनाको दाँत झरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विवाह भइरहेको स्थानमा बाहिरबाट गएका दुई युवा र विवाहका पक्षहरुबीच झगडा भएको हो।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरकी डीएसपी लक्ष्मी भण्डारीले राक्सिराङ गाउँपालिका–५ का उज्ज्वल थिङ र मनहरी गाउँपालिका–७ का रोनिस तामाङ घाइते भएको जानकारी दिए। 

दुईमध्ये रोनिस तामाङका दाँत झरेको उनले जानकारी दिए। उनीहरूलाई उपचारका लागि भरतपुर मेडिकल पठाइएको र उपचारपछि दुवै जना डिस्चार्ज भइसेकेका छन्।

‘विवाह भइरहेको ठाउँमा ठुलो आँखाले किन हेरिस्रु भनेर हेरेर भनाभन हुँदा झगडा कुटाकुट भएको हो पाइयो, थप अनुसन्धान भइरहेको छ’, डिएसपी भण्डारीले भने। उनका अनुसार कुटपिटमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ। सरोज प्रजाको विवाहमा झगडा भएको हो। 

प्रकाशित: १७ फाल्गुन २०८० १४:१५ बिहीबार

मनहरी गाउँपालिका