समाज

महोत्तरीमा लागुऔषधसहित तीनजना पक्राउ

क्याप्शन

महोत्तरीमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। उनीहरूलाई बुधबार बिहान महोत्तरीको पिपरा गाउँपालिका– ४ इट्टाचौकबाट लागुऔषधसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पिपरा गाँउपालिका– २ का २६ वर्षीय मोहम्मद सिकिन्द्र हुसेन, मटिहानी नगरपालिका– ९ का गुडडु साफी र भारत विहार सोनवर्षाका २० वर्षीय सुबोध राउत रहेको महोत्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी दिलिपकुमार गिरिले जानकारी दिए।

उनका अनुसार उनीहरू सवार रहेको ज १ ह ३९४५ नम्बरको टेम्पो बुधबार बिहान पिपराको इट्टाचौकमा रोकी प्रहरीले चेकजाँच गर्दा उक्त टेम्पोबाट फेनारगन ४६९ एम्पुल, टेयालगेसिस ४९९ एम्पुल, डाइजेपाम ४९२ एम्पुल बरामद भएको हो।

पक्राउ परेका तीनैजनामाथि अनुसन्धानका लागि जिल्ला अदालत पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए।

प्रकाशित: १७ फाल्गुन २०८० १०:१५ बिहीबार

लागुऔषधसहित तीनजना पक्राउ महोत्तरी इट्टाचौक