समाज

यी हुन सिआइबीले पक्राउ गरेका २ सिइओ सहित अन्य ८ जना..

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार बिहान सेन्चुरी बैंकका दुई जना तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूसहित १० जनालाई पक्राउ गर्‍यो।

सेन्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकले आग्रह गरेपछि सिआइबीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। सिआइबीले सेन्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो।

सिआइबी स्रोतका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरुमा सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन्।

यी सबै व्यक्ति उपर कर्जा अपचलन गरेको आरोप लागेको छ। 

प्रकाशित: १५ फाल्गुन २०८० १५:२० मंगलबार