समाज

भक्तपुरमा परालले छोपिएको अवस्थामा युवाको शव फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं.८  सिपाडोल वडा कार्यालय नजिकको एक घरको गोठमा एक युवाको शव भेटिएको छ।

शुक्रबार रोशन बस्नेतको कच्ची इट्टा, माटोले बनेको दुई तल्ले गोठको भुईँ तल्लामा युवाको शव भेटिएको हो।

प्रहरीका अनुसार तेह्रथुम छथर गाउँपालिका वडा नं. २ घर भई हाल सोही स्थान बस्ने वर्ष ३३ को गोपालप्रसाद ढकाल रहेका छन्।

कोठाबाट तेल किन्न भनी निस्केका ढकाल नफर्केपछि प्रहरीमा उजुरी परेको थियो। प्रहरीले खोजतलास गर्ने क्रममा शुक्रबार भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं.८ सिपाडोलस्थित उक्त गोठमा शव फेला परेको परिसरका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए।

घटनाबारे थप अनुसन्धानको लागि कुकुरसहितको प्रहरी टोली खटाइएको उनले बताए। 

प्रकाशित: ११ फाल्गुन २०८० १९:१७ शुक्रबार