समाज

सिंहदरबार जान मिटरब्याजपीडितलाई प्रहरीको अवरोध

‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै बसेका छन्।

शुक्रबार भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो। त्यसपछि मिटरब्याजपीडित सडकमै बसेका छन्।

मिटरब्याजपीडित पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए। तर प्रहरीले उनीहरुलाई रोकेको छ। प्रहरीले रोकेपछि उनीहरुले नाराबाजी गरेका छन्। 

पूर्व मेची र सुदूरपश्चिमको महाकाली (गड्डाचौकी) बाट ‘न्याय मार्च’ मा मिटरब्याजपीडित निस्किएका छन्।

माघ १६ बाट पैदल यात्रामा निस्किएका पीडितहरू बुधबार थानकोट हुँदै राजधानी छिरेका थिए। दुई रात चन्द्रागिरिको त्रिभुवन पार्कमा बिताएपछि आज बिहान सिंहदरबारतर्फ सोझिँदै यात्रामा निस्किएका हुन्।

प्रकाशित: ११ फाल्गुन २०८० १५:३६ शुक्रबार

मिटरब्याजपीडित ‘सिंहदरबार मार्च’