समाज

बिरामी पाडोको मासु खाँदा २५ जना बिरामी

दैलेखमा बिरामी पाडोको मासु खाँदा २५ जना स्थानीय बिरामी परेका छन्।

जिल्लाकाे ठाटीकाँध गाउँपालिका–१ मा बिरामी पाडोको मासु खाँदा दलित समुदाय रहेको जाडेखेतका २५ स्थानीय बिरामी परेका हुन्।

ठाटीकाँध गाउँपालिका –१ का वडा अध्यक्ष चक्र कामीका अनुसार मासु खाएपछि स्थानीयमा पेट र टाउको दुख्ने, मचमची हुने लगायतका लक्षण देखा परेकाे थियाे। अहिले उनीहरुकाे प्राथमिक स्वास्थ्य केन्द्र, लकान्द्रमा उपचार भइरहेको उनले जानकारी दिए।

‘एम्बुलेन्स मार्फत बिरामीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारपछि केही सन्चो भएर घर फर्किेसकेका छन्।’ अध्यक्ष कामीले भने।

प्रकाशित: ९ फाल्गुन २०८० २०:२७ बुधबार