समाज

हट्यो रौतहटको कर्फ्यु

क्याप्शन

रौतहटको ईशनाथ नगरपालिकाका छ वटा वडामा लगाइएको कर्फ्यु हटाइएको छ।

ईशनाथ नगरपालिका-७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु-मुस्लिम समूहबिच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्न गत फागुन ५ गतेदेखि लगाइएको कर्फ्यु बुधबारदेखि हटाइएको हो।

बुधबार बेलुका ५ बजेदेखि लागु हुने गरी कर्फ्यु पूर्ण रुपले हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।

ईशनाथ नगरपालिकामा मूर्ति शान्तिपूर्ण रुपमा सेलाइएपछि विवाद साम्य हुँदै गएको थियो। विवाद साम्य भएपछि कर्फ्यु हटाइएको हो।

प्रकाशित: ९ फाल्गुन २०८० १९:१५ बुधबार