समाज

पाल्पामा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

पाल्पामा आज भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

पाल्पाको माथागढी गाउँपालिका ५ रहबास भन्ने स्थानमा टिपर दुर्घटना हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ का २४ वर्षका  प्रदीप कुमाल र १८ वर्षका मनिष परियारको  घटनास्थलमै मृत्यु भएको हो।

कुमाल टिपर चालक र परियार सहचालक भएको बताइएको छ। देवदहको खैरहनीबाट पाल्पाको माथागढी जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर आज बिहान  ९ बजेतिर दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ।

खैरेनी–रहबास कच्ची सडक हुँदै घमिका ढुङ्गा खानीतर्फ जाँदै गरेको टिपर दुर्घटनामा परेको माथागढी  प्रहरी चौकीले बताएको हो। 

प्रकाशित: ७ फाल्गुन २०८० १७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App