समाज

'खुल्लामञ्च खुल्लै हुनुपर्छ' (तस्बिरहरू)

खुल्लामञ्च नागरिकका लागि खुल्लै हुनुपर्छ भन्दै नागरिकहरूले प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले खुल्लामञ्चमा एक कार्यक्रम गर्दै खुल्लामञ्च नागरिकका लागि खुल्ला हुनुपर्ने बताएका हुन्।

केही समय अघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले खुलामञ्चमा दुबोसहितको ५ करोडमा खेल मैदान बनाउने भन्ने कुरा नभएको बताएका थिए।

उनले खुलामञ्च सधैँ खुल्लै हुनु पर्ने र कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहु उपयोगी महत्वको बनोस् भन्नेमा सचेत रहेको बताएका थिए। 

प्रकाशित: ७ फाल्गुन २०८० १४:५६ सोमबार

खुल्लामञ्च