समाज

छानिबन आयोगद्वारा सुन तस्करीबारे नेपाल र सशस्त्र प्रहरीका आइजिपीसँग विवरण माग

सुन तस्करी सम्बन्धी अनुसन्धानका लागि बनेको उच्चस्तरीय आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीसँग आवश्यक प्रमाण र विवरणबारे जानकारी लिएको छ।

आयोगको कार्यालयमा सिंहदरबारमा आइजीपीद्वय वसन्त कुँवर र राजु अर्यालसँग विवरण सहित जानकारी लिएको हो। 

आयोगले सुन तस्करीसम्बन्धी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको बेला उनीहरूसँग जानकारी लिएको हो। 

यसअघि पूर्व सभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्य लगायतसँग बयान लिइसकेको थियो । ‘आइजीपीद्वयसँग संगठनका कुनै प्रकारको जानकारी भए त्यसको विवरण दिन भनिएको हो’, आयोग स्रोतले भन्यो।

प्रकाशित: ६ फाल्गुन २०८० १६:०३ आइतबार

आइजिपी सुन तस्करी सुन तस्करी सम्बन्धी अनुसन्धानका लागि बनेको उच्चस्तरीय आयोग