समाज

चार वर्षीया बालिका बलात्कृत

कपिलवस्तु नगरपालिका ९ मा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई छिमेककै १४ वर्षीय बालकले बलात्कार गरेका हुन्। शुक्रबार साँझ ६ बजेतिर याे घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले बलात्कार आरोपमा एकजना बालकलाई नियन्त्रणमा लिएको बताए।

ओरोपी बालक नाबालक रहेकाले उनको नाम भने सार्वजनिक गर्न नमिल्ने रायमाझीले बताए। पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ देखिएको पीडित बालिकाका अभिभावकले बताए।

घटनामा संलग्न बालकविरुद्ध अभिभावकले शनिबार किटानी जाहेरी दिएका छन्।

प्रकाशित: ५ फाल्गुन २०८० १२:४० शनिबार

कपिलवस्तु नगरपालिका बालिका बलात्कृत