समाज

श्रीमानले गरे महिला प्रहरीको गोली हानी हत्या

क्याप्शन

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्।

बिहीबार साँझ घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमान् यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेका हुन्।

यमबहादुर नेपाल प्रहरी, तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी हुन्। प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले घोराही वडा प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी धनमायालाई उनका श्रीमानले तीन राउण्ड गोलीप्रहार गरि हत्या गरेको जानकारी दिए।

गोली हानी भागेका यमबहादुरलाई प्रहरीले घोराही लमही सडक खण्डको मसोट जंगलबाट नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०८० २१:३५ बिहीबार