समाज

अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर बन्धक बनाइएका ११ भारतीयको उद्धार

प्रहरीले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ। यस्तै बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै ७ जना भारतीय नागरिक पनि पक्राउ परेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बुधबार राति काठमाडौंको रातोपुल क्षेत्रबाट बन्धक व्यक्तिहरू उद्धार गरेको हो। ‘११ जनाको उद्धार भएको छ। सात जना संलग्न पनि पक्राउ परेका छन्,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) भूपेन्द्र खत्रीले भने,‘यसविषयमा थप विवरण दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छौं।’

प्रकाशित: ३ फाल्गुन २०८० १३:१६ बिहीबार

प्रहरी अमेरिका नेपाल बन्धक बनाइएका ११ जना भारतीय नागरिक उद्धार