समाज

विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

गैर कानुनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। 

दुवै जना गत १० माघमा पक्राउ परेका थिए।

प्रकाशित: २ फाल्गुन २०८० १३:१३ बुधबार

विकल पौडेल सुनिल पौडेल