समाज

अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

सिन्धुली – सडकमा इँटा बोकेको ट्रक पल्टिँदा अवरुद्ध बनेको बिपी राजमार्ग अहिले सञ्चालनमा आएको छ।

सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको हो। सुनकोसी गाउँपालिका– ६ चैनपुरमा गएराति इँटा लोड गरिएको बा ५ ख ३३४७ नम्बरको ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो।

ट्रक पन्छाउन खुर्कोट, बनेपा सूर्य्विनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए। बिपी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको छ।    (रासस)

प्रकाशित: २९ फाल्गुन २०७४ ०७:४५ मंगलबार