समाज

दुर्गा पसाईंले जोडी परेवा उडाएर सुरु गरे कार्यक्रम (तस्बिरहरु)

विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) को कार्यक्रमको सुरुवात जोडी परेवा उडाएर गरिएको छ। व्यवसायी प्रसाईंले जोडी परेवा उडाएर कार्यक्रमको सुरुवात गरेका हुन्।

मंगलबार काठमाडौँका विभिन्न ठाउँबाट निकालेको र्‍याली भृकुटी मण्डपमा कोणसभामा परिणत भएको छ। उक्त कोणसभाको सुरुवात प्रसाईंले जोडी परेवा उडाएर गरेका हुन्।

प्रसाईंले गत वर्ष फागुन १ गते राजतन्त्र र हिन्दु राज्यसहितको माग गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारसहित उपस्थितिमा उक्त अभियानको थालनी गरेका थिए। त्यसैको एकवर्ष पुगेको अवसरमा प्रसाईं समूहले काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत आमन्त्रण गरिएको थियो। तर, उनी भने सहभागी भएका छैनन्। 

प्रकाशित: १ फाल्गुन २०८० १४:३१ मंगलबार

दुर्गा प्रसाईं