समाज

शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

मालारानी– ८ मा रहेको बालशिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलाई हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका हुन्। घरबाट विद्यालय जाने क्रममा प्रधानाध्यापक पन्थीको मोटरसाइकल रोकी हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा हुकुम खड्का र नरेश्वर पाण्डे पक्राउ परेकाे प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख (डीएसपी) प्रतीत सिंह राठोरका अनुसार दुईजनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको छ।  

विद्यालयमा जाने क्रममा शिक्षकलाई हातपात तथा अभद्र व्यवहार गरेको भन्दै जिल्लाका पेसागत संगठन नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अनेशिसं, अनेशिसंगठन र प्रनेराशिसंले संयुक्त विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका छन्। नियोजित रूपमा हातपात गरिएको भन्दै कारबाहीको माग गरेका छन्।

प्रकाशित: २९ माघ २०८० ०९:१४ सोमबार

शिक्षकमाथि हातपात मालारानी गाउँपालिका पक्राउ प्रधानाध्यापक राजेन्द्र पन्थी बालशिक्षा माध्यमिक विद्यालय अभद्र व्यवहार