समाज

काठमाडौं महानगरपालिबिरुद्ध फुटपाथ व्यवसायीले गरे प्रदर्शन

फाइल तस्बिर

काठमाडौं महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरबिरुद्ध प्रदर्शन गरेका छन्।

आईतवार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरको बिरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाए। उनले आफूहरुले फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटरेर लिएर गएको बताए।

महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने उनले बताए। त्यस्तै अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए। काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाए।

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर्, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए। 

प्रकाशित: २८ माघ २०८० १३:५७ आइतबार

काठमाडौं महानगरपालिका फुटपाथ व्यवसायी