समाज

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै

फाइल तस्बिर

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज सिंहदरबारमा बस्ने भएको छ।

बैठक बिहान ११ बजेबाट सिंहदरबारमा बस्ने जानकारी दिइएको छ।  

संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो।  

यसअघिको परिषद्को बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो।

प्रकाशित: २४ माघ २०८० ०९:५७ बुधबार

राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठक सिंहदरबार स्थानीय तह संघीयता कार्यान्वयन