समाज

खाना अड्किएर चितवनमा एक जनाको मृत्यु

चितवनमा  खाना अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्।

सोमबार साँझ सवा सात बजे कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए। उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।

चितवन प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २३ माघ २०८० २२:२६ मंगलबार