समाज

ठगी आरोपमा प्रधानाध्यापक पक्राउ

ठगी आरोपमा सिरहाका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सिरहा नगरपालिका-७ निवासी मधुसूदन कर्णलाई ठगीको आरोपमा सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेका अनुसार प्रधानाध्यापक कर्णमाथि विद्यालयमा निर्माण कार्य गर्नुपर्ने भन्दै‍ १७ लाख बराबरको निर्माण सामग्री खरिद गरेकाे तर पैसा नदिएर ठगी गरेको आरोप छ।

सिरहा नगरपालिका–८ स्थित नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशनकुमार यादवले उनीविरुद्ध उजुरी दिएका थिए।

कर्णलाई पक्राउ गरि जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी पाण्डेले जानकारी दिए।

प्रकाशित: २२ माघ २०८० २०:१४ सोमबार