समाज

महिला उद्यमी महासङ्घ र पाकिस्तानी राजदूतबिच छलफल

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मी र महिला उद्यमी महासङ्घका प्रतिनिधिका बिच छलफल भएको छ।
 
काठमाडौँस्थित पाकिस्तानी राजदूतावासमा बिहीबार भएको उक्त छलफलको नेतृत्व महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले गरेकी थिइन।
 
अध्यक्ष ज्ञवालीले अन्तर्राष्ट्रिय उद्यमशीलताको विकास तथा वित्तीय सहयोग सङ्कलनका विषयमा महत्त्वपूर्ण विचार विमर्श भएको बत्ताइन।
 
राजदूत हाश्मीले महासङ्घले गरेका गतिविधिको प्रसशा गर्दे महासङ्घसँग राजदूतावास सहकार्य गर्न तत्पर रहेको बताए। उनले पाकिस्तानमा आयोजना हुने एक्स्पोमा महासङ्घलाई निमन्त्रण गरिने पनि बताए।

प्रकाशित: १९ माघ २०८० १६:३५ शुक्रबार

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मी महिला उद्यमी महासङ्घ