समाज

उच्च हिमाली भेगमा हिमपात (तस्बिरहरु)

हुम्लाको सिमकोट विमानस्थललगायत आसपास क्षेत्रमा भएको हिमपात। तस्बिरःदाने बोहरा/रासस

मौसम बदली भएसंगै काठमाडौ उपत्यकामा छिटपुट वर्षा भएको छ। आज बिहानैदेखि काठमाडौंको मौसम धुम्म देखिएको थियो। साझतिर छिटपुट वर्षा भएको हो।

त्यस्तै उच्च हिमाली भेगमा हिमपात भएको छ। बागलुङ, पूर्वी रुकुम,  म्याग्दी, हुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा हिमपात भएको छ।

जुम्ला लगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ।  

तस्बिरः रासस

प्रकाशित: १८ माघ २०८० १२:११ बिहीबार

उच्च हिमाली भेगमा हिमपात वर्षा