समाज

बिहानैदेखि हुँदैछ यी प्रदेशमा वर्षा

हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, कर्णाली प्रदेशको थोरै स्थानहरू र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको छ। वर्षासँगै यी प्रदेशमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार  सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ। 

प्रकाशित: १८ माघ २०८० ०१:०८ बिहीबार

वर्षा