समाज

उच्च अदालत पाटन र जिल्ला अदालतमा आज शोक बिदा

न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयाघातका कारण निधन भएपछि उच्च अदालत पाटन र अन्तर्गतका जिल्ला अदालतमा बुधबार शोक बिदा दिइएको छ।

करिब ५५ वर्षे न्यायाधीश मरासेनी मंगलबार बिहान १० बजेतिर हृदयाघातबाट निधन भएको थियो।

उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँ लगायतका अदालतमा आज शोक बिदा दिइएको हो।

‘न्यायाधीश मातृकाप्रसाद मरासेनीको २०८० माघ १६ मा असमायिक निधन भएकाले १७ गते बुधबारका दिन उच्च अदालत र मातहतका जिल्ला अदालतहरू शोक बिदाको रूपमा बन्द रहने’ जानकारी गराइएको छ।

प्रकाशित: १७ माघ २०८० ०७:१९ बुधबार

न्यायाधीश मातृकाप्रसाद मरासेनी