समाज

केन्द्रीय कारागारलाई केपी ओली संग्रहालय बनाउन माग

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेको गोलघर र त्यसले ओगटेको क्षेत्रलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरिएको छ।

अन्वेषण केन्द्र नेपालले आयोजना गरेको संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण गर्दै गोलघरलाई केपी शर्मा ओली  राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरिएको हो।

संसद्मा केपी शर्मा ओली ग्रन्थका सम्पादक सानुमैया खड्काले गोलघरलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरेकी हुन्। उनले बिपी कोइराला ७ वर्ष सुन्दरीजलमा जेल जीवन बिताउँदा बिपी संग्रहालय घोषणा हुन सक्छ भने जनता र प्रजातन्त्रका लागि १४ वर्ष जेल जीवन बताएका ओलीको नाममा गोलघरलाई ओली संग्राहलय बनाउन सकिने तर्क गरेकी छिन्।

संसदमा केपी शर्मा ओली ग्रन्थको लोकार्पण पूर्वराष्ट्रपति विधादेवी भण्डारीले गरेकी छिन्। सम्पादक खड्काले संसंद्मा केपी शर्मा ओली शीर्षकमा विधावारिधिका लागि सोध गरेकी थिइन्। 

प्रकाशित: १६ माघ २०८० ०८:५१ मंगलबार

केन्द्रीय कारागार केपी शर्मा ओली राष्ट्रिय संग्राहलय