समाज

प्रधानसेनापति शर्मा र बेलायती सेना प्रमुख सन्डर्सबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक सन्डर्सबीच शिष्टाचार भेटवार्ता भएको छ।

मंगलबार भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डामा दुई सेना प्रमुखबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको थियो।

शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

बेलायती सेना प्रमुख सन्डर्स आफ्नो ६ दिने नेपाल भ्रमका लागि सोमबार नेपाल पुगेका थिए। सन्डर्सलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए। सन्डर्स यही माघ  २० गतेसम्म नेपाल रहनेछन्।

प्रकाशित: १६ माघ २०८० ०७:४४ मंगलबार

प्रधानसेनापति प्रभुराम शर्मा