समाज

माटोको ढिस्कोमा पुरिएर १ को मृत्यु, ३ घाइते

खम्म खत्री

अछाम – अछामको ढकारी गाउँपालिका बलातामा बिहीबार माटोको ढिस्कोले पुरेर १४ वर्षिय राजेश थापाको मृत्यु भएको छ। भने अन्य तीन घाइते भएका छन्।

घाइते हुनेहरूमा नारायण थापा,लक्ष्मण थापा,र भरत थापा रहेका छन्।नारायण र लक्ष्मण गम्भीर घाइते भएका छन्। उनीहरूको हात खुट्टा दुवै भाँचिएको छ। भरत भने सामान्य घाइते मात्रै भएका छन्।

स्थानीय बलाता स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय अछाम रिफर गरिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०४:०७ शुक्रबार