समाज

ललितपुरको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला

ललितपुरको एक अपार्टमेन्मा जर्मन महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन्।

उनको विषयमा प्रहरीले पूरा विवरण जानकारी गराएको छैन। 

एसएसपी शेखर खनालको टोली भने घटनास्थलमा जान लागेको ललितपुर प्रहरी परिसरले जनाएको छ।

प्रकाशित: १५ माघ २०८० ०६:२२ सोमबार

ललितपुर जर्मन महिला मृत फेला जिल्ला प्रहरी परिसर ललितपुर