समाज

१० लिटर पानीले लियो ज्यान

भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताे पानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।

तातोपानीमा डुब्दा अशक्त भई उपचारका लागि नजिकैको सिद्धि स्मृति अस्पताल भक्तपुर लगेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धान गरिएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए।

प्रकाशित: १४ माघ २०८० ०४:२१ आइतबार

लक्ष्मण देउला ताताे पानी मृत्यु भक्तपुर नगरपालिका