समाज

औसतभन्दा तल झर्‍यो काठमाडौँको तापक्रम

काठमाडौँ उपत्यकाको तापक्रम दुई दिन यता औसतभन्दा तल झर्दै गएको मौसमविद्ले जनाएका छन्। जसका कारण आज बिहान हिउँद अवधिकै अहिलेसम्मकै बढी जाडो महसुस भएको छ। आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८ः४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

यसअघि आज बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन गरिएको थियो।  

‘दुई दिन अगाडिसम्म औसत र त्यसकै हाराहारीमा रहेको उपत्यकाको तापक्रम हिजो र आज औसतभन्दा तल झर्दै गएको छ,’ अधिकारीले भने, ‘बिहान आकाश खुल्ला हुँदा तापक्रम केही घट्नु स्वाभाविक हो।’

प्रकाशित: १४ माघ २०८० ०३:५० आइतबार

काठमाडौँ काठमाडौँ उपत्यका तापक्रम मौसमविद् औसत तापक्रम