समाज

खप्तड मेडिकलमा चोरी

बाजुरा – खप्तड मेडिकलमा मंगलबार राती चोरी भएको छ। मेडिकल बन्द रहेको अवस्थामा मध्यरात चोरी भएको मेडिकलमा कार्यरत अनमी राजेश्वरी बुढाले बताएकी छिन्। चोरी राती १२ बजेपछि भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

मेडिकलको बाँया पट्टी रहेको काठको भित्ता भत्काएर चोरी गरिएको छ। मेडिकलमा रहेको नगद १२ हजार, ३५ हजार बराबरको होम टिभीको रिचार्जकार्ड र औषधि चोरी भएको प्रहरी रिपोर्टमा उल्लेख छ।

चोरी बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। मेडिकलको अवस्था बुझेको र बजारमा सानो सानो चोरीको घटनामा संलग्न व्यक्तिबाटै चोरी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०९:४१ बुधबार

खप्तड मेडिकलमा चोरी