समाज

फोहोर उठाउन २ सय १९ रुपैयाँ

काठमाडौं- लगानी वोर्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे नेपवेस्टसँगको सहमतिपत्रलाई अन्तिमरुप दिएको छ। सार्वजनिक नीजि सहभागिता (पीपीपी) मोडल अन्तर्गत फोहोर व्यवस्थापन गर्न दुई पक्षबीच सहमतिपत्र तयार पारिएको हो। नेपाली र फिनिस लगानीकर्ताहरुले यसमा काम गर्ने छन्।

यो योजना अनुसार उपत्यकाका घरले फोहोर उठाएवापत प्रत्येक महिनामा २ सय १९ रुपैयाँ नेपवेस्टलाई बुझाउनु पर्नेछ। योजना अगन्तर्गत प्रत्येक घरको फोहोर संकलन हुने, सडकको सफाई तथा सार्वजनिक स्थानको सरसफाई हुने छ। लगानी वोर्डले दुई वर्षको गृहकार्य पछि नेपवेस्टसँग फोहोर व्यवस्थापन सम्झौता गरेको हो।

मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि परियोज विकास सम्झौतामा हस्ताक्षर हुने लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। यो योजना सुरु भएपछि अहिले चल्दै आएको फोहोर व्यवस्थापनको तरिका विस्थापन गर्नेछ। योजना लागु भएपछि दिर्घकालिनरुपमा फोहोरको व्यवस्थापन गरिने जनाइएको छ। पहिलो चरणमा यो योजना काठमाडौं महानगरपालिका र अन्य ९ नगरपालिकामा लागु हुने छ।

यो परियोजना ५ अमेरिकी करोड डलर बराबरको भएको अधिकारीले बताए। बन्चरे डाँडामा प्रशोधन केन्द्र खोलेर काठमाडौंमा संकलन भएको फोहोरलाई प्रशोधन गरिने छ। परियोजनामा हस्ताक्षर भएको तीन महिनाभित्र कार्यान्वनमा आउने र ९ महिना भित्र वित्तिय व्यवस्थापन सकिन सक्नुपर्ने अधिकारीले बताए।

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०९:३२ बुधबार

फोहोर उठाउन १९ रुपैयाँ