समाज

विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

त्रिशूली - विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन्।

बेलकोटगढी नपा–११ का गोकर्णप्रसाद तिवारी र विद्या खरेलले विवाह खर्चको रकम जोगाएर स्थानीय निरञ्जना उच्चमाविलाई रु दुई लाख दुई हजार २०२ प्रदान गरेका हुन्।

तिवारीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न दिवंगत पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापना गरेका हुन्। उक्त कोषबाट एसइई परीक्षामा उत्कृष्ट चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक शिवराज पाण्डेले बताए।रासस
 

प्रकाशित: २३ फाल्गुन २०७४ ०६:२९ बुधबार

विवाह खर्च कटाएर विद्यालयलाई