समाज

एक महिनादेखि बेपत्ता महतो मृत फेला

महोत्तरी- एक महिना अघि बेपत्ता भएका गौशाला नगरपालिका १२ का ५५ वर्षिय रामदेव महतोको शव फेला परेको छ।

माघ २ गते देखि घरबाट वेपता भएका महतोको शव मंगलबार उनको घर नजिकैको उखुबारीबाट बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। डेढ महिनापछि महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा मंगलबार उनको सडेगलेको अवस्थामा शव वरामद भएको प्रहरीले जनाएको छ ।

माघ २ गते घरबाट नै वेपत्ता भएका महतोको खोजीनीति परिवारजन र स्थानीय प्रहरीले गदै आएपनि उनी फेला पर्न सकेका थिएनन्।

मंगलबार बिहानै घाँस काट्न गएका स्थानीयहरुले उखुबारीबाट सहनै नसक्ने गन्ध आए पछि खोजी गर्दा शव देखेपछि प्रहरीमा खवर गरेका थिए।

प्रहरीले सोही खेतबाट किरा मार्ने कडा विषादीको बोतल समेत फेला परेको प्रहरी निरिक्षक भोला भट्टले जानकारी दिए। महतोको मृत्युको यकिन कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको जनाइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ ११:०१ मंगलबार

महिनादेखि बेपत्ता महतो फेला