समाज

सडक निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा ८ जना विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।

आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आज आरोप पत्र दायर गरेको हो।

प्रकाशित: ११ माघ २०८० १२:०३ बिहीबार