समाज

वडा अध्यक्षलाई मुद्दा

बर्दिया – गुलरिया नगरपालिकाका वडा नं.९ का अध्यक्ष हरि पासवानसहित तीन जनालाई सार्वजनिक अपराधको मुद्दा प्रहरीले दर्ता गरेको छ। 

फागुन १७ गते राति स्थानीय सैतु थारुलाई वडा अध्यक्ष पासवानले योजनामा कुटपिट गरेको भन्दै प्रहरीमा दिएको लिखित उजुरी आधारमा प्रहरीले पासवानसहित तीन जनालाई प्रहरी मुद्दा दर्ता गरेको हो। 

वडाध्यक्ष पासवान र अन्य तीन जनालाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले बताए। नियोजित तरिकाले पासवानमाथि लगाइएको झुटा मुद्दा तत्काल फिर्ता गर्न नेकपा माओवादी केन्द्रको गुलरिया नगर समितिले प्रहरी र प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा माग गरेको छ। 

प्रकाशित: २१ फाल्गुन २०७४ १२:३४ सोमबार

वडा अध्यक्षलाई मुद्दा