समाज

हराएका २४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयले आज सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुसी गैरहाजिर रहेको हुँदा ७ दिन भित्र सम्पर्कमा आउन भनेको हो।  

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।

प्रकाशित: १० माघ २०८० ०१:२९ बुधबार

प्रहरी प्रधान कार्यालय २४ जना प्रहरी सम्पर्कमा आउन निर्देशन प्रहरी महानिरीक्षक प्रहरी सहायक निरीक्षक