समाज

महानगरले पार्किङ निषेध गरेपछि आन्दोलनमा निस्किए न्युरोडका व्यवसायी

फाइल तस्बिर

न्युरोड क्षेत्रको व्यवसायीहरू सटर बन्द गरेर आन्दोलनमा निस्केका छन्।

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि उनीहरू सटर बन्द गरेर आन्दोलनमा निस्केका हुन्।

व्यवसायीले पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै विरोध जनाएका हुन्।

काठमाडौँ महानगरपालिकाले आज ९मंगलबार०देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ।

प्रकाशित: ९ माघ २०८० ०६:५६ मंगलबार

न्युरोड क्षेत्रको व्यवसायी