समाज

आगामी नोभेम्बर १ देखि ४ सम्म हिमालयन एक्सपाे हुने

काठमाडौँ – काठमाडौं महानगरपालिका र स्पेनको राजधानी मड्रिडबीच भगिनी सम्बन्ध स्थापना भएका अवसरमा बुधबार काठमाडौँमा संयुक्त पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सो पत्रकार भेटघाट कार्यक्रमलाई काठमाडाैँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र म्याड्रिड सिटी काउन्सिलका उपप्रमुख लुइस कार्लोस क्युटोले संयुक्त सम्बोधन गरेका थिए।

कर्यक्रममा नेपाल पेभिलियनका अध्यक्ष तथा काठमाडौँ महानगरपालिका र म्याड्रिडबीच भगिनी सम्बन्ध सथपनाका सहजकर्ता नरेश श्रेष्ठले आगामी नोभेम्बर १ देखि ४ सम्म हिमालयन एक्सपो हुने र नोभेम्बर ५ र ६ मा मेयर सम्मेलन हुने जानकारी गराए ।

काठमाडौँ  र म्याड्रिडबीच गत सोमबार बसन्तपुरको नासल चोकमा आयोजित एक कार्यक्रममा भगिनी सम्बन्ध बारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:३९ शुक्रबार

आगामी नोभेम्बर हिमालयन एक्सपाे हुने