समाज

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्युु भएको छ। अन्य २ जना यात्रु घाइते भएका छन्। बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३– ०१००५ ख ९७१९ नम्बरको रात्री बस लमही नगरपालिका ९ रिहार नजिकै जङ्गलमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिका १ का भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले बताए।

डिएसपी मल्लका अनुसार भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु भएका दुबैजनाको शव लमही अस्पतालमा राखिएको छ। 

प्रकाशित: ८ माघ २०८० ०२:०५ सोमबार

बर्दिया काठमाडौँ दाङ दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु