समाज

होलीमा उपत्यकाबाट १६० पक्राउ

काठमाडौं – होली पर्वमा उच्छृंखल गतिविधी गर्ने १ सय ६० जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली पर्वका अवसरमा जबर्जस्ती रङ दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौँबाट १६०, ललितपुरबाट तीन र भक्तपुरबाट चार जनालाई प्रहरीले विहीबार पक्राउ गरेको हो। 

साथै ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। 

प्रकाशित: १७ फाल्गुन २०७४ १३:१९ बिहीबार

होलीमा उपत्यकाबाट १६० पक्राउ