समाज

किन रद्द भयो जनकपुरबाट अयोध्या जाने रेल ?

जनकपुरबाट अयोध्या जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ। भोलि राम मन्दिरको उद्घाटनको अवसरमा जनकपुरबाट विशेष रेल अयोध्या जाने तयारीमा थियो। 

अयोध्यामा बनाइएको सात घेराको सुरक्षाका कारण जनकपुरबाट जाने रेललाई अनुमति नदिँदा रेल रद्द भएको बताइएको छ।

सुरक्षाको कारण रेल नियमित स्टेसनभन्दा १५ किलोमिटर टाँढै रोकेर त्यहाँबाट बसमार्फत श्रद्धालुहरूलाई अयोध्या ल्याउने भारत सरकारको प्रस्तावमा सहमति नहुँदा रेल रद्द भएको हो।

भारत सरकारले अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको छ। जुन ७ घेरामा व्यवस्थापन गरिएको भारत सरकारले जनाएको छ। कुनैपनि अप्रिय घटना नहोस् भनेर भारत सरकारले सुरक्षा व्यवस्था गरिएको हो।

प्रकाशित: ७ माघ २०८० ०५:५७ आइतबार

जनकपुर अयोध्या विशेष रेल सेवा रेल सेवा राम मन्दिर उद्घाटन सात घेराको सुरक्षा