समाज

दुई लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ

लहान – घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र कुमार लालकर्ण दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले लालकर्णलाई उनकै कार्यकक्षबाट दुई लाख रुपैयाँ घुस सहित पक्राउ गरेको हो।

कर्णलाई घुस सहित पक्राउ गरिएको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी गणेश चन्दले घुस कोबाट लिएको हो भन्नेबारे नखुलेको बताए। उनले थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित: १६ फाल्गुन २०७४ १३:१९ बुधबार

दुई घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ