समाज

उपचार नपाएर राउटे बालिकाको मृत्यु

तस्बिर: मृतक राउटे बालिका दुर्गा शाही।

एक महिनादेखि बिरामीले थलिएकी राउटे बालिकाको मृत्यु भएको छ। १२ वर्षीया राउटे बालिका दुर्गा शाहीको बिहीबार राति राउटे बस्तीमै मृत्यु भएको हो।

चिसो बढेसँगै राउटे समुदायका सदस्यहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ। चिसो भुईँमा सुत्नुपर्ने हुँदा बालबालिका र वृद्धवृद्धाहरु जोखिम बढ्दो छ। राउटे बालिकाको उपचार अभावमा मृत्यु भएको जनाइएको छ। दुर्गा बिरामी परेको थाहा पाएपछि उपचार र खानपिनमा ध्यान दिन भनेपछि बिहीबार राति मृत्यु भएको राउटे परियोजनामा कार्यरत कर्मचारी लालबहादुर खत्रीले बताए।

‘औषधि खाँदा बिराम सन्चो हुँदै गएको थियो।’ राउटे परियोजनासँग आबद्ध कर्मचारीले भने, माघे संक्रान्तिमा भएको खानपिनका कारण समस्या भएकाले बालिकाको मृत्यु भएको हुनसक्छ। शुक्रबार बिहान बस्तीमा जाँदा बालिकाको मृत्यु भएको थाहा पाएका हौँ।’

पछिल्ला वर्षहरूमा राउटे समुदायको जनसंख्या घट्दै आएको छ। अहिले राउटेको संख्या १ सय ३७ रहेको छ। जसमध्ये ६५ जना बालबालिका रहेका छन्। दैलेखको भैरवी गाउँपालिका– ४ को गड जिउलामा बस्दै आएका राउटेहरू बालिका मृत्यु भएसँगै शुक्रबार नै चामुन्डाबिन्द्रासैनी नगरपालिका– ४ सुईयातडामा बसाइँ सरेका छन्।

प्रकाशित: ५ माघ २०८० १२:४९ शुक्रबार

राउटे बालिका